हेटौँडा, १८ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेसन गरिने अभियानमा लागिएको बताएका छन् । आज हेटौँडामा आयोजित ‘डिजिटल वाग्मती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए । “अबका बजेटमा पनि डिजिटल वाग्मतीको विषय समावेश हुन्छ ।…