काठमाडौँको सुरक्षा संघीय प्रहरीलाई दिनु पर्छ : गृहमन्त्री खाण

काठमाडौँ, २१ असार । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी बिधेयकमाथिको छलफलमा मन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताए । उनले…