पोखरा, ७ जेठ । पोखरा महानगरपालिकामा ८० हजार १५४ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ । आचार्यले ३२ हजार ४८० मत ल्याउँदा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाउनुभएको छ । आचार्य र थापाबीचको मतान्तर ३४३९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २२४९ मत ल्याउनुभएको छ…