विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्न युवालाई सभामुखको आग्रह

भक्तपुर, २५ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ । शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ को शुभारम्भ गर्दै उहाँले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्नुभयो ।…