काठमाडौँ, २१ असार । नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो । साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा…