काठमाडौँ, २३ बैशाख । सर्वोच्च अदालतले विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने…