सांसद्को अनुपस्थितिले प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, १३ असार । संसद्मा गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भयो । जनप्रतिनिधिले संसद् बैठकलाई बेवास्ता गरे, व्यवस्थापिकालाई उचित सम्मान दिएनन् भनेर समय–समयमा जनआवाज उठ्ने गरे पनि उनीहरूको व्यवहारमा परिवर्तन नआएका कारण शुरू हुन लागेको बैठक स्थगित भयो । प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ निर्णयार्थ…