काठमाडौँ, १५ चैत । नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य गर्न मद्दत मिलेको राय राजनीतिक विश्लेषकको छ । नेपाल र चीनबीच सन् १९५५ अगस्ट १…