राप्रपा नेपालका उपाध्यक्ष पौडेलद्वारा राजीनामा

काठमाडौँ, १५ बैशाख । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाउनुभयो । उहाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा हुनुहुन्थ्यो । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताउनुभएको थियो…