एमालेले जितेका महानगर र उपमहानगरमा एकीकृत समाजवादीको दाबी

काठमाडौँ, ५ चैत । ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले टिकट पाउनुपर्ने अडान राखेको छ । आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका छन् ।…