काठमाडौँ, ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गर्नुभएको छ । होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने दावी गर्नुभयो । राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको बताउँदै उहाँले अब स्थानीय चुनावमा पनि देखिने बताउनुभयो ।…