१३ सडक निर्माणमा व्यापक अनियमितता: सहसचिव र ठेकेदारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हालका सहसचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हाल नेपाल सरकारका सहसचिव रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी र खेमराज विष्टसहितले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी…