जसपा नेता यादवलाई गरिएको कारबाही फिर्ता

काठमाडौँ, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिएको छ । जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो । यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो…