निर्वाचन गराउन झन्डै चार हजार कर्मचारी खटिँदै

सुदूरपश्चिम, २४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदान स्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५००…