काठमाडौँ, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग तालमेल नगर्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनतामाझ जाने र चुनावी तालमेल नहुने बताएका हुन् । राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दुराष्ट्र समेत…