काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने बताइएकोछ । यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ। माओवादीभित्र एमसिसी पारित गर्न नहुने मत पनि थियो ।…