जनकपुरधाम, ३ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने उल्लेख गर्दै यसो गरिए देश दुर्घटनामा जाने चेतावनी चेतावनी दिनुभयो । शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न…