काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । आज १ बजेदेखी शुरु भएको बैठकमा एमाले नारावाजी गर्दै अवरुद्ध गरेको छ । एमालेले गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यादा कायम गर, पक्षपात पूर्ण व्यवहार बन्द गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन षड्यन्त्र मुर्दावादलगायतका नाराहरु लगाएको छ ।…