एमालेमा एकता छ, हामीमा छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एकताबद्ध पार्टी भएको बताएका छन् । आज वीरगन्ज पुगेर प्रधानमन्त्री देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको बताए । आउँदो चुनावबाट कुनै एक दलको स्पष्ट बहुमत नआउने भन्दै उनले कुनै दलसँग नमिली चुनाव लड्न समस्या हुने बताए ।…