बुटवल, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता घटक नेपाली कांग्रेसले माओवादीलाई लखेट्ने प्रयास गरे एमालेसँग गठबन्धन गर्ने चेतावनी दिनुभएको छ । बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुनेरनहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने धारणा राख्नुभयो । तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको उल्लेख गर्नुभयो । कांग्रेसका महामन्त्री…