काठमाडौँ, १ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद् (राप्रपा)को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा…