बागलुङ, ५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताउनुभयो…