काठमाडौं, २ माघ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका छन् । सार्वजनिक निर्णय अनुसार: १. माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन । २. सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने…