काठमाडौँ, ८ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धन जालसाजी र षडयन्त्रबाट आफ्नो अबैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको उल्लेख गर्दै नेता बस्नेतले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष…