काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयासँग परिषद्का सदस्य, कर्मचारीसहितको सोमवार आयोजित समन्वय बैठकमा स्थानीय तहको निर्वाचन लगायत आगामी वर्ष हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनहरुमा बालबालिकालाई दलगत राजनीतिक…