राष्ट्रपतिद्वारा मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउन आह्वान

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न आह्वान गरेकी छन । आजबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र…