चितवन, २६ पौष । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन…