काठमाडौँ, २४ मंसिर । भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताएका छन् । उनले यस्तो भारतमा पनि देख्न नपाएको बताए । काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै डा. हर्षवर्धनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै…