तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ : निर्देशक घिसिङ

काठमाडौँ, १६ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा समस्या नहुने बताएका छन । “तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था आउँदैन । जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ,” मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने । विगतमा लोडसेडिङ हुँदाताका दसैँ, तिहार र छठसम्म…