‘गैरसांसदलाई प्रवेश निषेध गर’ भन्दै एमालेद्वारा संसद अवरोध

काठमाडौँ, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् । उनीहरूले ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’लगायत नारा लगाएका छन् । सभामुख…