काठमाडौँ, ६ कार्तिक । आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास निर्माणमा मनोमानी गर्नु, अदालतभित्र बढ्दो अराजकतारअनियमितता नियन्त्रण गर्न नसक्नु, उल्टै त्यसको कारक बन्नुजस्ता थप कारण उनी जटिल डिलमा पुगेका हुन्। मातहतका न्यायाधीश, कानुन व्यवसायी…