माघ १२ मा राष्ट्रिय सभाको निर्वाचन हुने

काठमाडौँ, ३ मंसिर । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । फागुन २० मा उहाँहरूको पदावधि सकिने भएको हो । पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ ।…