मौसम महाशाखाको चेतावनी, गृह मन्त्रालयले बेवास्ता गर्दा क्षति

काठमाडौँ, ५ कार्तिक । जल तथा मौसम पूर्वानुमान महाशाखाले बेमौसमी वर्षाबाट हुने सम्भावित जनधनको क्षति रोकथाम तथा नियन्त्रणका लागि पूर्वचेतावनी दिए पनि सरकारी निकायबाटै बेवास्ता गरेको पाइएको छ । महाशाखाको पूर्वानुमानअनुसार सम्भावित क्षति न्यूनीकरण एवं प्रतिकार्य योजना लागू गर्नबाट सरकार चुकेको हो । महाशाखाले दसैंको टीकाकै (असोज २९) साँझ असोज ३१ बाट मौसम बदली भई देशभर भारी वर्षाको…