काठमाडौँ, २९ भदौ । सरकारले ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा टेबल गरेका थिए । मंगलबार एमाले सांसदको नाराबाजीकै…