गृह मन्त्रालयलद्वारा काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ, २२ भदौ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।