काठमाडौँ, ११ असोज । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको…