प्रधानमन्त्री देउवा बझाङ पुगे

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षासँगै आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे स्थगलगत जानकारी लिन बझाङ पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट गृहप्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमतिर पुगेका हुन् । उनले यति बेला बझाङको चैनपुर पुगेर जानकारी लिइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।