काठमाडौँ, ३१ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरुले असन्तुष्टि जनाएका हुन् । ‘कुन विधि, कसको लागि, मापदण्ड एउटा…