काठमाडौँ, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । प्रआज देशसभा बैठकमा केसीले सभाको विश्वास पाएका हुन् । उनको पक्षमा ४२ मत परेको छ । त्यस्तै १ सांसद् तटस्थ बसेका छन । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।