राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका बजेटसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्नुभएको हो । राष्ट्रपति भण्डारीले यी दुवै विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको…