प्रधानन्यायाधीशबिना संवैधानिक इजलास अगाडि नबढाउन सर्वोच्चको आदेश

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको हो । आदेशसँगै संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ…