संसदमा एमालेद्वारा पुन: नाराबाजी

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । आज सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेपछि १५ मिनेटको लागी संसद बैठक स्थगित भएको छ । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ…