एमसीसी र संघीयता भनिरहने हो भने गठबन्धनमा बस्दैनौं: अध्यक्ष केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ । आज बसेको गठबन्धनको बैठकमा अध्यक्ष केसीले सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाउनुभयो । बैठकमा अध्यक्ष केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी र संघीयताको पछि नलाग्न सुझाव दिनुभयो ।…