अब अदालत सामु अर्को चुनौति थपियो : नेता बस्नेत

काठमाडौँ, १९ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सर्वोच्च अदालतको एक पछि अर्को फैसलाले थप विवादित र अविश्वसनीय बन्दै जाने बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट निर्वाचित कर्णाली प्रदेशका ४ जना सांसदलाई पार्टीले गरेको कारवाहीलाई पद रिक्त गराउने आदेश दिएसँगै केन्द्र सरकारमा कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई प्रधानमन्त्री बनाउन…