काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने बैठकपछि पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए । आज बसेको महाधिवेशन आयोजक कमिटीको…