३०३ वर्षे विद्यालय खोज्दै सरकार

काठमाडौँ, १७ साउन । बिहानको खाना खाँदै थिएँ। मोबाइलमा टिङ, टिङ घण्टी बज्यो। खान छोडेर छेउमै रहेको मोबाइल उठाएँ। नेपालको सबैभन्दा पुरानो स्कुल ‘राजकीय संस्कृत माध्यमिक विद्यालय’ मटिहानी, स्थापना १७७५ साल लेखिएको मेसेज देखें। दिपेन्द्रबहादुर सिंह नामको फेसबुक प्रयोगकर्ताले केही महत्त्वपूर्ण सूचना लेखेका रहेछन्। उनले पठाएको लिंक सूचनाका लागि सम्पादक दाइ अखण्ड भण्डारीले पठाउनु भएको…