अस्पताललाई समेत प्रभावित पारेर सेती थुन्न अनुमति

काठमाडौँ, १६ साउन । रामघाटमा स्थायी बाँध बनाएर सेती नदी थुन्दा पहिलो असर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पर्छ । किनभने पूर्वतिर डिलैमा छ अस्पताल । त्यसैले बाँधका लागि प्रस्तावित योजनाको अस्पतालले विरोध गर्ला भन्ने अनुमान सामान्य सुझबुझ भएका जो कसैले गर्छ । तर, उदेकलाग्दो के भने अस्पतालले नै पोखरा महानगरपालिकालाई ‘सेती थुने हुन्छ’ भनेर अनुमति…