काठमाडौँ, २९ जेठ । गृहमन्त्री खगराज अधिकारीले राष्ट्रलाई शिरमा राखेर निर्वाचनको लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभएको छ । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिउनुभयो । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको…