सेयर बजारलाई विश्वसनीय र लगानीमैत्री बनाउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ, २५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई थप विश्वसनीय र लगानीमैत्री बनाउन आग्रह गर्नुभएको छ । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लगानीकर्ताप्रति आभार जनाउनुभयो । उहाँले बजारलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै सेयर बजारले पुँजी निर्माणमा योगदान गर्नेमा विश्वस्थ रहेको बताउनुभयो ।…