सर्वोच्चको फैसला आएपछि एमाले एकीकृत हुन्छ: नेता गौतम

काठमाडौँ, २७ असार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै नेता गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ ।…